समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाँचथरको डढेलोमा जलेर एक युवतीको मृत्यु, तीनको अवस्था गम्भीर

पाँचथर, २२ चैत। पाँचथरको कुम्मायक गाउँपालिका–३ स्थित निजी वनमा लागेको डढेलोमा परेर २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको छ। घाँस दाउरा गर्न गएकी प्रतिमा अमर थापा र पदम खड्कालगायतको निजी जंगलमा लागेको डढेलोमा परेकी थिइन्।
गम्भीर घाइते अवस्थामै उनलाई उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उपचारको क्रममा राति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए।

Advertisement

डढेलोमा परेर प्रतिमासहित ४ जना घाइते भएका थिए। भाग्न सक्ने ठाउँ नहुँदा उनीहरू डढेलोको चपेटामा परेका थिए।

Advertisement

घटनामा २८ वर्षीया सपना सम्वाहाम्फे, उनकी ११ वर्षीया छोरी शिवाना सम्वाहाम्फे र ६० वर्षीया निरमाया सम्वाहाम्फे गम्भीर घाइते छन्। उनीहरू सबैको धरानमै उपचार भइरहेको छ।

प्रहरीका अनुसार आगलागीबाट घाइते भएका सबैको तत्काल उद्धार गरी उपचारका लागि पठाइएको हो।

यस्तो डढेलो नियन्त्रणका उपाय र जोखिम न्यूनीकरणका लागि स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article