समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

३ दिनभित्र सडक खाली गर्न सर्वोच्चको आदेश: आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्कन निर्देशन

काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र सडक खाली गरेर विद्यालय फर्कन सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै आन्दोलन रोक्न र नियमित पठनपाठनमा फर्किन निर्देशन दिएको हो।

Advertisement

अधिवक्ता श्रवणकुमार चौधरीले चैत १० गते सर्वोच्चमा रिट दायर गर्दै शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्योलमा परेको बताएका थिए। सोही रिटमा सुनुवाइ गर्दै अदालतले आन्दोलन तत्काल अन्त्य गर्न निर्देशन दिएको हो।

Advertisement

आदेशमा भनिएको छ, “आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू।”

सर्वोच्चको यो आदेशसँगै आन्दोलनरत शिक्षकहरूले तीन दिनभित्र सडक खाली गर्ने वा कानुनी कारबाहीको सामना गर्नुपर्ने सम्भावना रहेको देखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article