समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोड – ४ मा संजिवनी हस्पिटल जाने सडक शिलान्यास

बिर्तामोड, १२ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ ।

Advertisement

Advertisement

आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४ सय २६ मिटर सडकको शिलान्यास गर्नु भएको हो ।

सडक स्तरोन्नतिको लागि पाँचथरको क्यापिटल टेक्नोलोजी एण्ड मल्टिप्रपोज कन्ट्रक्सन कम्पनीले सघन शहरी तथा भवन निर्माण कार्यालयबाट ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा (मुल्य अभिवृद्धिकर बाहेक)मा ठेक्का प्राप्त गरेको हो ।

सडकको १ सय ८५ मिटर दुवै साइडमा ढक्कन सहितको नाला, १ सय ३० मिटरमा प्लम निर्माण र ४ सय २६ मिटरमा १८ फुट गुणस्तर चिन्ह प्राप्त पेवर्स लगाईने छ । योसंगै विजुलीको पोलको व्यवस्थापनसमेत गरिने सघन शहरी तथा भवन निर्माण कार्यालय झापाका ईन्जिनियर सुरेश चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले धेरै पटकको प्रयासपछि शिर्षक संसोधन गरेर भएपनि यो सडक निर्माण गर्न लागिएको बताउनु भयो । उहाँले समयमा नै काम सम्पन्न गर्नका लागि जनप्रतिनिधि र स्थानियले सहजीकरण गर्न आग्रह गर्नु भयो । औद्योगिक र व्यवसायिक नगरकोरुपमा रहेको बिर्तामोडमा ठेक्का लागेका, सम्झौता भएका योजनाहरुको धमाधम काम भईरहेको नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो ।

वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्माको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रसाई, नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेस बिर्तामोड नगर उप-सभापति तथा वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, कार्यपालिका सदस्य सिता ढुंगाना विक, एमाले नेता रोमणि भट्टराई, छविलाल विशवकर्मा लगायत टोलविकास समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो।

२०८२ साल बैशाख ८ गते ठेक्का सम्झौता भएको यस योजनाको आगामी असार २० गतेसम्ममा काम सम्पन्न गर्नुपर्ने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article