समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मेचीनगरमा वृद्धामाथि कुटपिट गरी लुटपाट : एक जना पक्राउ

झापा । झापाको मेचीनगरमा वृद्धामाथि कुटपिट गरी लुटपाट गर्ने एक जना पक्राउ परेका छन्। शुक्रबार बिहान करिब ३ बजे मेचीनगर नगरपालिका–१० टिमाई भ्यालीमा ७१ वर्षीया पन्चुकुमारी राई घरमा सुतिराखेको अवस्थामा कुटपिट गरी सुनका गहना र नगद लुटिएको थियो।

Advertisement

लुटपाटमा सुनको आधा तोला बुलाकी, आधा तोला मारवाडी, र सिरानीमुनी राखिएको नगद ७ हजार गरी करिब २ लाख ४७ हजार बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ। घटनामा घाइते भएकी राईलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

Advertisement

घटनापछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा मेचीनगर–१३ चारआलीबाट लुटपाटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषा, जनकपुरधाम उपमहानगरपालिका–१६ घर भई हाल मेचीनगर नगरपालिका–१० टिमाई भ्यालीमा डेरा गरी बस्ने ४१ वर्षीय मोहम्मद नियामत रहेका छन्।

प्रहरीले लुटिएको धनमालसहित नियामतलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article