समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

इलाममा दुःखद घटना : ज्वाईंको हातबाट जेठी सासूको हत्या

इलाम । इलाम, माई नगरपालिका–४ सिञ्जालीटारमा ज्वाईंले जेठी सासूको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। शुक्रबार साँझ ७ बजेतिर ५२ वर्षीया भूमिका चापागाईंलाई ४२ वर्षीय शान्तिराम दुलालले टाउकामा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

Advertisement

गर्दन र कन्चटमा गहिरो चोट लागेकी चापागाईंलाई तत्काल माई अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा शुक्रबार राति १०:२० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार शान्तिराम र उनकी श्रीमती गीताबीच अंश र माना चामलसम्बन्धी मुद्दा चलिरहेको थियो। सोही क्रममा भूमिका चापागाईंसँग पनि अदालत परिसरमा विवाद भएको र भूमिकाले शान्तिरामविरुद्ध अभद्र व्यवहारको उजुरी दिएको स्थानीयले बताएका छन्।

उक्त उजुरीपछि प्रहरीले शान्तिरामको खोजी गरिरहेको थियो। हत्या पछि शान्तिरामलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article