समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

शिक्षक आन्दोलन उग्र, प्रहरीसँग झडपपछि महासंघको आकस्मिक बैठक

काठमाडौं, वैशाख १४ । नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षकहरू र प्रहरीबीच भएको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ। आन्दोलनले उग्र रूप लिँदै गएपछि महासंघले आज दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माविमा बैठक बोलाएको हो।

Advertisement

महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बैठकमा महासंघका पदाधिकारी, जिल्ला अध्यक्षहरू तथा आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई सहभागी हुन भनिएको छ। बैठकमा आजको घटना र समग्र आन्दोलनका रणनीतिबारे गहन छलफल हुने सुवेदीले जानकारी दिए।

Advertisement

आज नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक र विद्यालय कर्मचारीमाथि लाठी चार्ज र पानीको फोहोर प्रयोग गरेको थियो। प्रहरीको बल प्रयोगपछि शिक्षकहरू आक्रोशित हुँदै प्रतिकारमा उत्रिएका थिए। उनीहरूले सडक छेउका ढुंगामुढा गर्दै प्रहरीमाथि आक्रमण गरेका थिए।

झडपका क्रममा एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन्। नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार, गम्भीर घाइते शिक्षकहरूलाई उपचारका लागि सिभिल अस्पताल लैजाने तयारी गरिएको छ भने सामान्य चोटपटक लागेकाहरूको आन्दोलन स्थलमै उपचार भइरहेको छ।

महासंघले आन्दोलनलाई अझ सशक्त बनाउन थप रणनीति तय गर्न बैठक आह्वान गरेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article