समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मोरङमा मोटरसाइकल दुर्घटना, चालकको घटनास्थलमै निधन

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–९ लक्ष्मी टोलमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

Advertisement

प्रहरीका अनुसार डाइनिया–सिक्टी सडकखण्डअन्तर्गत बीआर ३९ एच २९५६ नम्बरको मोटरसाइकल आइतबार दिउँसो करिब २:१५ बजेतिर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परी सुनवर्षी–९ निवासी अन्दाजी २० वर्षीय साहवन आलम गम्भीर घाइते भएका थिए। उपचारका लागि तत्कालै रंगेली अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

Advertisement

प्रहरीका अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको विस्तृत अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article