समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरमा स्कुटर दुर्घटना, ३५ वर्षीय अनिल लिम्बुको मृत्यु

भद्रपुर । झापाको भद्रपुरमा स्कुटर दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२, गौरीशंकर निवासी ३५ वर्षीय अनिल लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार आइतबार राति करिब पौने ९ बजे मेची राजमार्ग अन्तर्गत चारआली–केचना सडकखण्डमा पर्ने भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिणतर्फ बाहुन गाउँमा स्कुटर दुर्घटना भएको थियो। भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर अनियन्त्रित भई सडक छेउको नालामा खस्दा दुर्घटना भएको बताइएको छ।

Advertisement

दुर्घटनामा स्कुटर पछाडि सवार अनिल लिम्बुको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटर चालक दमक नगरपालिका–२ का २९ वर्षीय रबिन फुयल भने सकुशल रहेको जनाइएको छ।

दुर्घटनाका बेला वर्षा भइरहेको र बिजुली नहुँदा दृश्य अवरोध भएकोले स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। लिम्बु वैदेशिक रोजगारीका लागि म्यानपावरमा आवेदन दिन बिर्तामोड गएका थिए र स्कुटर चालक फुयल उनलाई ससुराली घर भद्रपुरमा छोड्न गएका थिए।

सडक नालामा ठोक्किँदा स्कुटरको अगाडिको भाग क्षतिग्रस्त भएको छ भने वडा प्रहरी कार्यालय भद्रपुरले स्कुटर र चालक फुयललाई नियन्त्रणमा लिएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article