झापा, २०८२ वैशाख २२ । झापा जिल्लाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीस्थित सुरुङगा–झापा सडकखण्डमा सोमबार बिहान लागूऔषधसहित एक व्यक्ति फरार भएका छन्।



विशेष सूचनाको आधारमा बिहान करिब ८:४० बजे शरणामतीबाट सुरुङगा तर्फ आउँदै गरेको BR 37T 9198 नम्बरको मोटरसाइकलमा सवार एक व्यक्तिलाई रोकी चेकजाँच गर्न खोज्दा प्रहरीले देख्नेबित्तिकै उनी मोटरसाइकल र साथमा रहेको झोला घटनास्थलमै छोडेर फरार भएका हुन्।
प्रहरीले फरार व्यक्तिको खोजी कार्य जारी रहेको जनाएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी टोलीले .३०३ राइफलबाट दुई राउण्ड हवाई फायर समेत गरेको थियो। घटनास्थलमै छोडिएको झोला खोलेर हेर्दा ब्राउन सुगर जस्तो देखिने दुई पोका लागूऔषध (करिब २०० ग्राम) फेला परेको प्रहरीले जनाएको छ। साथै, प्रयोग गरिएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार घटनास्थलको वस्तुस्थिति हाल सामान्य रहेको छ। फरार अभियुक्तको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।