समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भारत–पाकिस्तान युद्धविरामका लागि सहमत

झापा, २७ वैशाख । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही दिनमा आक्रामक देखिएका भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको बताएका छन्।

Advertisement

सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा शनिबार अपराह्न पोस्ट गर्दै ट्रम्पले अमेरिकाको सक्रिय मध्यस्थताले यो सहमति सम्भव भएको दाबी गर्दै दुवै देशलाई बधाई दिएका हुन्।

Advertisement

ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “रातभरको निरन्तर संवाद र अमेरिकाको मध्यस्थताका कारण भारत र पाकिस्तानबीच पूर्ण रूपमा र तुरुन्तै युद्धविराम गर्न सहमति भएको घोषणा गर्न पाउँदा म खुशी छु। विवेक र सही विचारसहितको यस कदमका लागि म दुवै देशलाई बधाई र धन्यवाद दिन चाहन्छु।”

ट्रम्पको दाबीलाई पुष्टि गर्ने शैलीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि एक्समार्फत सन्देश शेयर गरेका छन्। उनले गएका दुई दिनमा उपराष्ट्रपति जेडी भान्स, वरिष्ठ भारतीय तथा पाकिस्तानी अधिकारीहरूसँग साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफसँग निरन्तर संवाद भएको जानकारी दिएका छन्। रुबियोका अनुसार दुई देशका सरकारहरूले युद्धविराममा सहमति जनाएका छन्।

यसैबीच, पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले पनि ट्वीट गर्दै भारत र पाकिस्तान पूर्ण युद्धविरामका लागि सहमत भएको औपचारिक जानकारी दिएका छन्। भारत सरकारले भने अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। दुवै देशबीच बढ्दो तनावका बीच आएको यो सहमति दक्षिण एशियाली स्थायित्वका लागि महत्वपूर्ण कदम मानिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article