समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको शिवसताक्षीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

झापा, वैशाख ७ – झापा जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्जबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सोही स्थानका परमानन्द साह रहेका छन्।

Advertisement

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार, वैशाख ७ गते साँझ करिब ५:२० बजे साहले लागुऔषध ओसारपसार तथा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले साहको घरमा छापा मारेको थियो।

Advertisement

छापाको क्रममा साहको ओछ्यानको सिरानी मुनि खुकुरी चुरोटको बट्टामा प्लास्टिकले बेरिएको अवस्थामा लुकाइ राखिएको ४६ वटा साना पोका फेला परेको प्रहरीले जनाएको छ। ती पोका ब्राउन सुगर जस्तो देखिने लिसिलो पदार्थ रहेको र डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ४ ग्राम २३० मिलिग्राम, तथा प्लास्टिक बाहेक २ ग्राम ९०० मिलिग्राम तौलिएको पुष्टि गरिएको छ।

हाल परमानन्द साहलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article