समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरकी एक किशोरी बलात्कृत, पेटमा आठ महिनाको बच्चा 😥

भद्रपुर । भद्रपुरकी एक किशोरी बलात्कारपछि गर्भवती भएकी छिन् । भद्रपुर-५ मा डेरा गरी बस्दै आएकी अन्दाजी १७ वर्षीया किशोरी बलात्कारपछि गर्भवती भएको खुलेको छ ।

Advertisement

ती किशोरीको पेटमा आठ महिनाको बच्चा रहेको छ । घरमै हातखुट्टा सुन्निएर सिकिस्त भएपछि स्थानीयको सहयोगमा भद्रपुर नगर प्रहरीले बिहीबार साँझ उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर भर्ना गरेका थिए ।

Advertisement

आज दिउँसो किशोरीको आफन्तजनले  जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएका छन् । उजुरी परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ । किशोरी भने अस्पतालमै उपचाररत रहेको जनाइएको छ । किशोरीलाई कसले, कहिले र कहाँ बलात्कार गरी गर्भ बोकायो भनेर अहिलेसम्म केही खुलेको छैन । समाचार साभार: TOP

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article