समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाथिभरा मन्दिरमा तोडफोड: क्षमायाचना पछि युवाहरू अभिभावकको जिम्मा

झापा । हल्दीबारी गाउँपालिका–४ स्थित पाथिभरा धार्मिक तथा पर्यटकीय क्षेत्रमा हिजो बेलुका केही युवाहरूले प्रवेश गरी त्यहाँ रहेका कुर्सी तथा सिसाका झ्यालहरूमा तोडफोड गरेका छन्।

Advertisement

प्रहरीले घटनामा संलग्न १८ देखि २० वर्ष उमेरका चार जना युवालाई नियन्त्रणमा लिई आवश्यक सोधपुछपछि अभिभावकको जिम्मा लगाएको छ।

Advertisement

पाथिभरा धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष जयप्रसाद पोखरेलका अनुसार, ती सबै युवा हल्दीबारी–४ र ५ का स्थानीय हुन्। उनीहरूले आफ्नो गल्ती स्वीकार गर्दै क्षतिपूर्ति तिरेका छन्। समितिले कडा चेतावनी दिँदै उनीहरूलाई भविष्यमा यस्ता गतिविधि नगर्ने सर्तमा छोडिएको हो।

मन्दिरका पुजारीका अनुसार, केही दिनदेखि युवाहरूको समूह मन्दिर क्षेत्रमा साँझपख आएर बत्ती निभाउने, वाइफाइको पासवर्ड माग्ने तथा अन्य शंकास्पद क्रियाकलापमा संलग्न हुँदै आएका थिए।

स्थानीयवासीहरूले घटनाप्रति कडा आपत्ति जनाउँदै रातिको समयमा गस्तीको व्यवस्था मिलाउन माग गरेका छन् । समितिले अभिभावकहरूसँग छलफल गरी भविष्यमा यस्ता क्रियाकलाप दोहोरिएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

समितिका सचिव अनिल चौहानका अनुसार, संलग्न युवाहरूको भविष्यलाई ध्यानमा राख्दै नाम सार्वजनिक नगरिएको र पहिलोपटकको गल्ती माफी दिइएको हो। युवाहरूले स्थानीय प्रशासनमा लेखित प्रतिबद्धता जनाएपछि अभिभावकको जिम्मा लगाइएको बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article