समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हनी ट्रयापमार्फत पाँच लाख असुलेको आरोपमा दुई महिला पक्राउ

काठमाडौँ, ९ जेठ । हनी ट्रयापमा पारेर पाँच लाख रुपैयाँ असुलेको आरोपमा नेपाल प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँ महानगरपालिका–५ बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ (चौगुठी) रहेका छन्।

Advertisement

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार ती दुई महिलाले सामाजिक सञ्जाल फेसबुकमार्फत एक पुरुषसँग सम्पर्क गरी विश्वास जितेका थिए। त्यसपछि उनलाई ठमेलस्थित एक होटलमा खाजा तथा मादक पदार्थ सेवन गराएर अचेत बनाएर अश्लील फोटो तथा भिडियो खिचिएको प्रहरीले जनाएको छ।

Advertisement

उपरीक्षक आचार्यका अनुसार ती महिलाले ती अश्लील सामग्रीको स्क्रिनसट पठाउँदै पीडितलाई ‘काठमाडौँमा घर र ४ आना जग्गा दिनुपर्छ, नत्र यौनशोषणको मुद्दा लगाइदिन्छौं’ भन्दै धम्की दिएका थिए। यसरी डर त्रास सिर्जना गरेर उनले पीडितबाट पाँच लाख रुपैयाँको चेक समेत काट्न बाध्य पारेको खुलेको छ।

प्रहरीले ममता तामाङ र आँचल चौगुठीलाई बुधबार काठमाडौँ महानगरपालिका–११ स्थित हनुमानस्थानबाट पक्राउ गरेको हो। उनीहरूको साथबाट दुई थान मोबाइल फोन र आँचल चौगुठीको नाममा प्राइम कमर्सियल बैंकको पाँच लाख रुपैयाँको चेक समेत बरामद गरिएको छ।

हाल उनीहरूलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी अभियोगमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठाइएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article