समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मोक्षघाटमा राजनीति: चन्द्रगढीको घाट निर्माण अलपत्र

भद्रपुर – झापाको भद्रपुर–१० स्थित देउनिया खोलामा चन्द्रगढी सामुदायिक वन समूहको अगुवाइमा निर्माण हुँदै गरेको मोक्षघाट राजनीतिक विवादमा फसेको छ। नेकपा एमाले निकटका केही व्यक्तिहरूले शिलान्यासदेखि नै अवरोध गरेपछि निर्माण कार्य अलपत्र परेको हो।

Advertisement

निर्माण स्थल विर्तामोड–७ को सामुदायिक वन क्षेत्रमा पर्ने भन्दै एमालेका तर्फबाट बद्री प्याकुरेल नेतृत्वको समूहले शिलान्यास रोकिदिएको थियो। पटक–पटक सर्वपक्षीय वार्ताको प्रयास हुँदा पनि प्रमुख नेताहरू अनुपस्थित रहेकाले समस्या समाधान हुन नसकेको निर्माण समितिका संयोजक गोपालबहादुर थापाले जानकारी दिए।

Advertisement

स्थानीय ४ वडाबाट श्रोत संकलन गरी सुरु गरिएको यो घाट निर्माणमा ४० लाख रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरिएको थियो। यसमा सामुदायिक वन समूह, वडा कार्यालयहरू, जेष्ठ नागरिक समिति, देउसीभैलो कार्यक्रम तथा स्थानीय दाताहरूको योगदान रहेको छ।

स्थानीय बासिन्दाले मृत्युपछि श्रद्धाञ्जली दिने स्थलमै राजनीति हुन थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। समाजका लागि अत्यावश्यक मानिएको मोक्षघाट निर्माणलाई अस्थिर बनाउने कार्यप्रति जनप्रतिनिधिहरू मौन रहनु निन्दनीय भएको उनीहरूको भनाइ छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article