समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको भद्रपुर–१० चैतुमन्दिरमा हतियारसहित भिडन्त, दुई जना पक्राउ

झापा, भद्रपुर । झापाको भद्रपुर नगरपालिका–१० स्थित चैतुमन्दिर क्षेत्रमा आज दिउँसो १२:३० बजे हतियारसहित झडप भएको छ। स्थानीय बिनोद राजवंशी र चन्द्रगढी युथ क्लब (CYC) का युवाबीच विवादले उग्ररूप लिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Advertisement

प्राप्त जानकारी अनुसार घरमै बसिरहेका राजवंशीमाथि करिब २५ जना युवाको समूहले आक्रमण गर्दा उनले घरमा रहेको कट्टा निकालेर ती युवाहरूलाई लखेटेका थिए। केहीबेरपछि ती युवाहरू खुडा लिएर पुनः घटनास्थलमा आइ राजवंशीमाथि गालीगलौज गरिरहेका थिए।

Advertisement

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा प्रहरी टोली खटिइ घटनास्थल पुगेर बिनोद राजवंशी र सीवाइसीका रेजिन सुब्बालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार राजवंशी यसअघि लागूऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भई ४ वर्ष जेल सजाय भोगी एक वर्षअघि मात्र छुटेका थिए। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article