समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कचनकवल गाउँपालिकामा तीन मुख्य सडक कालोपत्रे हुने, ९ करोड बजेट सुनिश्चित

बनियानी, झापा । कचनकवल गाउँपालिकामा भौतिक पूर्वाधार विकासले उल्लेखनीय गति लिएको छ। संघीय सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्र पर्ने तीनवटा महत्वपूर्ण सडकहरू कालोपत्रे गर्न करिब ९ करोड रुपैयाँ बराबरको बजेट सुनिश्चित भएको छ।

Advertisement

Advertisement

गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार, मेची लोकमार्ग अन्तर्गत पर्ने  बाङ्गाडाँगी–पथरिया–घेराबारी–राजगढ सडक, सिंगीमारी–तुलसीबारी–बैगुनबारी–वालुबाडी सडक, र कटुवालचोक–धौलाबस्ती–हरसगाउँ–बैगुनबारी सडक कालोपत्रे गरिने छन्। ती प्रत्येक सडकका लागि ३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको हो।

उपाध्यक्ष भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पूर्व सांसद बसन्त कुमार बाँनिया तथा अन्य सरोकारवालाप्रति विकासप्रतिको प्रतिबद्धता र सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।

“स्थानीय बासिन्दा, सामाजिक अगुवा र समग्र कचनकवलवासीको एकता र निरन्तर प्रयासले यो सम्भव भएको हो,” उपाध्यक्ष भट्टराईले भने, “हामी सबैले साझा रूपमा प्राप्त यो उपलब्धिमाथि गर्व गर्न सक्छौं।”

सडक पूर्वाधारका यी योजनाहरू पूरा भएपछि कचनकवलमा यातायात सुगम हुनुका साथै आर्थिक, सामाजिक र शैक्षिक विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article