समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गौशालाको झाडीमा फोहोरको थुप्रोमा फेला पर्यो बोरा भित्र शव

काठमाडौं , काठमाडौंको गौशालामा एक पुरुषको शव फेला परेको छ । गौशालास्थित गुहेश्वरी फाँटको झाडीमा करिब ४० वर्षीया पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । झाडीमा फोहोरको थुप्रोमा बोरा भित्र शव फेला परेपछि त्यहाँका स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

खबर पाए लगत्तै महानगरीय प्रहरी अपराध महाशाखा अनुसन्धान गर्न घटनास्थलमा खटिएको जनाइएको छ । बोरा भित्र फेला परेको उक्त शवको पहिचान हुन नसकेको र पोष्टमार्टमको लागि टिचिङ पठाइएको प्रहरीले जनाएको छ

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article