समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

‘अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुँदैन’:ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट बनेको सरकारले लोकतान्त्रिक अभ्यास सुनिश्चित गर्न नसक्ने बताउनुभएको छ।

Advertisement

झापा जिल्ला कमिटीका अगुवा कार्यकर्तालाई बिहीबार साँझ भर्चुअल रूपमा सम्बोधन गर्दै उहाँले भदौ २३ र २४ गतेका घटनापछि बनेको सरकारलाई ‘गैर–लोकतान्त्रिक’ भन्दै आलोचना गर्नुभयो।अध्यक्ष ओलीका अनुसार सरकारले घोषणा गरेको निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल र नेताहरूको गतिविधिमा लगाइएका विभिन्न प्रतिबन्ध ‘चुनाव आयोजनामा गम्भीर प्रश्न’ खडा गर्ने प्रकारका छन्।

Advertisement

“जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने भनिएको छ। यस्तो अवस्थाबाट कस्तो चुनाव गर्न खोजिएको हो?” उहाँले प्रश्न गर्नुभयो।ओलीले जेन–जीका नाममा एमालेमाथि भएको आक्रमणलाई पार्टीका राष्ट्रहित र विकास सम्बन्धी कार्यप्रति असहिष्णुता भएको दाबी गर्नुभयो। पार्टी त्यस प्रकारका आक्रमणको सामना गर्न सक्षम रहेको उहाँको भनाइ थियो।

समाजमा बढ्दो अराजकता रोक्न पार्टीले स्थानीय तहमा टोल सुरक्षा समिति गठन गरिरहेको उल्लेख गर्दै उनले यस्ता समितिले अपराध नियन्त्रण र समुदायमा सुरक्षाभाव वृद्धि गर्ने काम गर्ने बताए।अध्यक्ष ओलीले गैर–संवैधानिक तरिकाले विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापनाका लागि कार्यकर्तालाई दबाब सिर्जना गर्न निर्देशन दिनुभएको छ। संसद् पुनःस्थापनाबाट लोकतान्त्रिक प्रक्रियालाई सही मार्गमा फर्काउन सकिने उहाँको दाबी थियो।

बैठकमा झापा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३/२४ का घटनापछिको अवस्थाबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए। ओलीले कात्तिक २९ गते झापामा आयोजित हुने जागरण सभालाई भव्य बनाउन पनि निर्देशन दिनुभएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article