समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

झापामा लागुऔषधसहित युवक पक्राउ

झापा ।भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कमल गाउँपालिका वडा नं. ३ केर्खा बस्ने २८ वर्षीय दिलिप कुमार भुजेललाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिइएको छ।

Advertisement

सप्रबल बीओपी पन्तापाडाबाट खटिएको सात सदस्यीय चेकप्वाइन्ट टोलीले भुजेललाई रोकी चेकजाँच गर्दा उनको साथबाट ८ ग्राम ३७ मिलिग्राम खैरो लिसिलो पदार्थ (ब्राउन सुगर जस्तो लागुऔषध) बरामद भएको थियो।

Advertisement

उनीसहित बरामद सामग्रीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article