समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

अमेरिकाबाट ३५ नेपाली डिर्पोर्ट, काठमाडौं आइपुग्‍यो विमान

काठमाडौं – अमेरिकाले एकैपटक ३५ नेपालीलाई निष्कासन गरेको छ। अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (ICE) ले निष्कासन गरेको हो।

Advertisement

स्रोतका अनुसार डिर्पोर्ट भएकाहरू बुधबार दिउँसो ४:४० बजे चार्टर्ड विमानमार्फत काठमाडौं आइपुगेका हुन्। ३५ जनामध्ये १ महिला र ३४ पुरुष रहेको जनाइएको छ।

Advertisement

नेपाल प्रहरीले मानव बेचबिखन अनुसन्धान व्युरो (Human Trafficking Investigation Bureau) मार्फत उनीहरूबाट आवश्यक सोधपुछ गरेको छ। व्युरो प्रमुख कृष्ण पंगेनीका अनुसार डिर्पोर्ट हुनेहरूमा धेरैजसो तल्ला बाटो हुँदै अमेरिका पुगेका व्यक्तिहरू रहेको जानकारी प्राप्त भएको छ। एआईबाट बनाएको फोटो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article