समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

पत्रकार भीमा शिवाकोटीलाई मातृशोक

झापा, ३ मंसिर — नेपाल पत्रकार महासंघ झापाकी पूर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष भीमा शिवाकोटीलाई मातृशोक परेको छ।

Advertisement

उनकी आमा, पम्फादेवी शिवाकोटी, आज साँझ ८२ वर्षको उमेरमा निधन भएको हो। स्व. पम्फादेवी लामो समयदेखि दमको रोगबाट पीडित थिइन्। उनी कनकाई–५, लालपानी विहानीचोकस्थित निजी निवासमा असामयिक रूपमा निधन हुनुभएको पारिवारिक स्रोतले जनाएको छ।

Advertisement

स्व. शिवाकोटीका दुई छोरीहरू गोमा सिग्देल र भीमा शिवाकोटी हुनुहुन्छ भने चार छोरा ज्ञानेन्द्र, इन्द्र, बासुदेव र नवराज शिवाकोटी हुनुहुन्छ।

पारिवारिक स्रोतका अनुसार, बिहीवार विहान ११ बजे स्व. पम्फादेवीको शवयात्रासहित कनकाई आर्यघाटमा दाहसंस्कार गरिनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article