समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

धुलाबारीमा RHD स्क्रिनिङ कार्यक्रम सम्पन्न

धुलाबारी: बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलको आयोजना तथा धुलाबारी उच्च माध्यमिक विद्यालयको सहयोगमा रुम्याटिक हर्ट डिजिज (RHD) स्क्रिनिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

Advertisement

कार्यक्रम अन्तर्गत विद्यालयका कुल २३० विद्यार्थीको स्वास्थ्य स्क्रिनिङ गरिएको थियो। यस क्रममा मुटुसम्बन्धी जोखिमका चिन्ह, प्रारम्भिक लक्षण र बचावका उपायबारे व्यापक जाँच र परामर्श प्रदान गरिएको थियो।

Advertisement

कार्यक्रमका संयोजकले विद्यार्थीहरूमा मुटु स्वास्थ्यप्रति सचेतना बढाउने र समयमै जोखिम पहिचान गरी व्यवस्थापन गर्नेमा यस पहलले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article