समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

भद्रपुरमा लागुऔषध सहित एक व्यक्ति प्रहरी नियन्त्रणमा

झापा, ७ मंसिर: झापाको भद्रपुर नगरपालिका–५ मेचिपुलस्थितमा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

Advertisement

आइतबार साँझ १९:४० बजे प्रह युवराज श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–२ खुदुनाबारी बस्ने ३१ वर्षीय बिर बहादुर कुमाललाई शंका लागेर जाँच गर्दा उनी मलद्धार भित्र प्लास्टिकको पोका लुकाएर ल्याउँदै गरेको अवस्थामा भेटिएको लागुऔषध (ब्राउन सुगर) नियन्त्रणमा लिएको हो।

Advertisement

प्रहरीको रिपोर्टअनुसार, लिसाईलो पदार्थ प्लास्टिकसहित तौल गर्दा ८ ग्राम ९० मिलिग्राम, प्लास्टिक हटाएर तौल गर्दा ६ ग्राम ८३० मिलिग्राम पाइएको छ। नियन्त्रणमा लिइएका व्यक्तिलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइँदैछ।

समाचार अनुसार, घटना भएको स्थान वडा प्रहरी कार्यालय भद्रपुरबाट लगभग ५०० मिटर पूर्वमा पर्ने बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article