समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

जेन–जीहरुको गुनासो पूरा गर्न महादेवलाई पनि गाह्रोः मन्त्री पुन

काठमाडौं, ८ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन–जीहरुको माग अहिले पूरा गर्न सकिने अवस्था नरहेको बताएका छन्। मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “जेन–जीहरुको गुनासो अहिले नै पूरा गर्ने सबै भन्ने हुँदैन। यो समयअनुसार क्रमशः पूरा गर्दै जाने हो। म मन्त्री भएको दुई महिनामा सबै कुरा कसले पूरा गर्न सक्छ? यस्तो परिस्थितिमा महादेवजी आए पनि गाह्रो हुन्छ, हामी त मनुष्य भइहालियौं।”

Advertisement

मन्त्री पुनले निःशुल्क शिक्षाका लागि अझै केही पर्खिनुपर्ने जानकारी दिएका छन्। देशको तयारी र आवश्यक प्रक्रियापछि मात्र यो लागू हुने उनले उल्लेख गरे।

Advertisement

आज प्रधानमन्त्री सुशीला कार्कीको व्यस्तताका कारण जेन–जीहरूसँग भेट हुन नसकेको पनि उनले बताए। मिराज ढुङ्गानालगायत जेन–जीहरु सिंहदरबार पुगेका थिए, तर प्रधानमन्त्रीसँग समय नपाएपछि उनीहरूले बाहिरै माग पत्र टाँसेर फर्किनु परेको थियो।

मन्त्री पुनले भने, “बेस्तताले गर्दा आज भेट्न नसक्नुभएको होला। जेन–जीहरुलाई उहाँले नियमित भेटिरहनुभएको छ। आज चाहिँ भेट्नुभएन होला, बेस्त हुनुहुन्छ होला। त्यो कुरा मलाई थाहा छैन।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article