समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

कचनकवलकी मेधावी अस्मिता देवानको असामयिक निधनले गाउँ स्तब्ध

झापा, कचनकवल — कचनकवल गाउँपालिका–३ (दल्की) की २२ वर्षीया अस्मिता देवानले मंगलबार आत्महत्या गरेकी छन्। गाउँका लागि गौरव, कोशी प्रदेशका लागि प्रेरणास्रोत मानिने अस्मिताको निधनले सम्पूर्ण समुदाय स्तब्ध बनेको छ।

Advertisement

साधारण स्वभाव, मेहेनत र अनुशासनको प्रतिमूर्ति अस्मिता २०७९ सालको कक्षा १२ को परीक्षामा प्रदेशकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएकी थिइन्। उनले कचनकवल विद्या मन्दिर माविबाट परीक्षा दिएर आफ्नो प्रतिभा र लगनशीलताको उज्जवल उदाहरण प्रस्तुत गरेकी थिइन्। यस उपलब्धिको सम्मानस्वरूप गाउँपालिका, बनियानीले उनलाई विशेष पुरस्कारसमेत प्रदान गरेको थियो।

Advertisement

अस्मिता केवल मेधावी मात्र होइनिन्, उनी मित्रता र मानवीयताको प्रतिक पनि थिइन्। परिवारप्रति कर्तव्यनिष्ठा, साथीहरूप्रति मिलनसार व्यवहार र भविष्यबारे स्पष्ट दृष्टिले उनी सबैको मनमा बस्न सफल थिइन्।

उनको असामयिक निधनले गाउँमा मानसिक स्वास्थ्य सम्बन्धी चुनौतीहरूको गम्भीरता पुनः उजागर गरेको छ। समुदायका अभिभावक, शिक्षक र विद्यार्थीहरूका लागि यो घटनाले युवामा पर्ने दबाब, उनीहरूको मनोस्थिति र आवश्यक समर्थनबारे संवेदनशील बन्न आह्वान गरेको छ।

अस्मिताजस्ता उज्यालो भविष्य बोकेका युवाको निधनले कचनकवलले एउटा होनहार सन्तान गुमाएको छ। देवान परिवारलाई धैर्य र समर्थन मिलोस् भन्ने प्रगाढ समवेदना व्यक्त गर्दै यस घटनाले सम्पूर्ण परिवार, विद्यालय र समुदायलाई मानसिक स्वास्थ्यप्रति सजग बन्न प्रेरणा दिनुपर्ने आवश्यकता दर्शाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article