हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

टी–२० विश्वकपमा नेपाल ‘समूह सी’ मा, सबै खेल मुम्बईमै

हल्दीबारी, झापा । आगामी टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको समूह र तालिका अनुसार नेपाल ‘समूह सी’ मा परेको छ। भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

Advertisement

आईसीसीले सार्वजनिक गरेको विवरणअनुसार समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया परेका छन्। समूह ‘बी’ मा अष्ट्रेलिया, श्रीलंका, आयरल्यान्ड, जिम्बाब्वे र ओमान छन्। त्यसैगरी समूह ‘डी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन्।

Advertisement

नेपालले समूह चरणका सबै खेल मुम्बईमा खेल्नेछ। तालिका अनुसार नेपालको पहिलो खेल आगामी फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग हुनेछ। दोस्रो खेल फेब्रुअरी १२ मा इटालीविरुद्ध, तेस्रो खेल फेब्रुअरी १५ मा वेस्ट इन्डिजविरुद्ध र अन्तिम खेल फेब्रुअरी १७ मा बंगलादेशसँग हुने तय भएको छ।

यस पटक नेपालले ऐतिहासिक प्रदर्शन गर्दै प्रतिस्पर्धी टोलिहरूसँग बलियो चुनौती पेश गर्ने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)