हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

हल्दीबारी–२ र ३ जोड्ने पक्की पुल अध्यक्ष–उपाध्यक्षद्वारा संयुक्त उद्घाटन

हल्दीबारी–२ र ३ जोड्ने पक्की पुल अध्यक्ष–उपाध्यक्षद्वारा संयुक्त उद्घाटन

Advertisement

हल्दीबारी, झापा — हल्दीबारी गाउँपालिका वडा नं. २ र ३ लाई जोड्ने लक्ष्मी मावि पूर्वस्थित भुसुडी खोलामा निर्माण गरिएको पक्की पुल आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।

Advertisement

गाउँपालिकाको एक करोड ३० लाख बजेटमा निर्मित पुल २६.८० मिटर लम्बाइ रहेको छ भने ७. पाँच मिटर चौडाई रहेको पुल निर्माण भएपछि त्यस ठाउँका ५ सय घरपरिवार लाभान्वित हुने छन् ।


पुलको गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विष्णु प्रसाद ओली, नेपाली कांग्रेस हल्दीबारीका सभापति गंगाप्रसाद प्रसाई, नेकपा एमाले हल्दीबारीका अध्यक्ष त्रिलोचन सापकोटालगायतका राजनीतिक तथा सामाजिक अगुवाहरूले पुल निर्माणले स्थानीय बासिन्दाको दैनिक आवागमन, सेवा–सुविधा पहुँच र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनमहेन्द्रले स्वागत मन्तव्य राख्दै पुल निर्माणको आवश्यकता, महत्व तथा लागतसम्बन्धी विवरण प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)