समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

तमिलनाडुमा चक्रवात ‘दित्वा’ का प्रभाव, रेड अलर्ट र भारी वर्षाको चेतावनी

Advertisement

चेन्नई: चक्रवात ‘दित्वा’ का प्रभावका कारण तमिलनाडुका धेरै स्थानमा भारी वर्षा भइरहेको छ। आगामी २४ घण्टामा यो राज्यको उत्तरी भाग र छिमेकी पुडुचेरीको तटसँग समानान्तर रूपमा अघि बढ्ने सम्भावना छ।

Advertisement

मौसम विभागका अनुसार कावेरी डेल्टा क्षेत्रका रामनाथपुरम र नागापट्टिनममा सबैभन्दा धेरै वर्षा भएको छ, जसका कारण धेरै तल्लो क्षेत्र जलमग्न भएका छन् र जनजीवन प्रभावित भएको छ।

चक्रवात हाल करिब ५ किलोमिटर प्रति घण्टाको गतिमा उत्तरतिर बढिरहेको छ र ३० नोभेम्बरसम्म तमिलनाडु–पुडुचेरी तटबाट २५–५० किलोमिटरको दूरीमा रहने अनुमान छ। आगामी २४ घण्टामा कुड्डालोर, नागापट्टिनम, चेन्नई, तंजावुर लगायतका जिल्लामा भारीदेखि अत्यधिक भारी वर्षाको सम्भावना छ।

समुद्रमा स्थिति प्रतिकूल रहनेछ र माछापालन गर्नेहरुलाई समुद्रमा नजान चेतावनी दिइएको छ। राज्य सरकारले आपदा व्यवस्थापन टोलीहरु तयार राखेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article