समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बहिनीलाई बलात्कार गरेको अभियोगमा दाइ पक्राउ

बलात्कार

महानगरीय प्रहरी परिसर भक्तपुरले आफ्नै बहिनीलाई बलात्कार गर्ने दाइलाई पक्राउ गरेको छ ।सिन्धुपाल्चोक घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ बोडेमा बस्दै आएका दाजुले बहिनीलाई जवरजस्ती करणी गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले बताए ।

Advertisement

बर्ष २३ का दाजु केपी (परिवर्तित नाम)ले आफ्नै सहोदर बहिनी बर्ष १४ की पीके (परिवर्तित नाम)लाई जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

आइतबार दाजु(केपी)लाई नियन्त्रणमा लिई भक्तपुर जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरि जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article