स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्वस्थ्यकर्मीहरु लाई जनमुक्तिको पीपीई

 धरानः कोरोना भाइरस संक्रमीतको उपचारमा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी लाई आवश्यक पीपीई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट सरकारले उपलव्ध नगराएको अवस्थामा उनिहरुको सुरक्षाका लागि संघ संस्थाहरुले स्वस्फुर्त रुपमा त्यस्तो समाग्री प्रदान गर्दै आएको छ ।

Advertisement

यसै क्रममा कोरोना अस्पताल समेत सञ्चालनमा ल्याएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित इटहरी र झापा, इलामका सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि राष्ट्रिय जनमुक्ति पार्टीले पीपीई प्रदान गरेको छ । पार्टीका संघीय अध्यक्ष केपी पालुङवाका अनुसरा पार्टीको कोरोना विपद उद्धार राहत कोष बाट सरकार लाई सहयोग पुगोस भन्ने उदेश्यले अति आवश्यकिय एकसय थान स्वास्थ्य सामग्री पीपीइ सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि वितरण गरिएको हो ।

Advertisement

उनले भने ‘कोरोना संक्रमणको परिक्षण उपचारका लागि धेरै ठाउँमा क्वारेन्टाइनहरु बनाइएको छन् तर, त्यहाँ कामगर्ने स्वास्थ्यकर्मीहरु लाई अति आवश्यक पीपीई भने सरकारले उपलव्ध नगराएको बुझिएपछि पार्टीको तर्फ बाट सहयोग स्वारुप उनिहरु लाई उक्त सामाग्री प्रदान गरिएको हो ।’ सुविधा सम्पन्न वीपी प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुका लागि समेत पर्याप्त पीपीई नभएको थाहा भएपछि जनमुक्ति पार्टीले १० थान पिपिई प्रतिष्ठान लाई प्रदान गरेको छ । पार्टीका पार्टीका केन्द्रीय सचिव विष्णु थाम्देन, नगर अध्यक्ष चित्र मगरले प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेका छन् ।

यसैगरी ईटहरी उपमहानगर पालिकालाई ५ थान पीपीई, एक कार्टुन माक्स प्रदान गरेको छ । उक्त सामग्री पार्टीका संघीय परिषद सदस्य कर्णविक्रम तुम्वाहाम्फेले नगर प्रमुख व्दारिकलाल चौघरीलाई हस्तान्तरण गरेका छन् । पार्टी अध्यक्ष पालुङवाका अनुसार यसैगरी झापा, इलाम र पश्चिमाञ्चल क्षेत्रका कोरोना जोखीम क्षेत्रका स्वास्थ्य केन्द्रिहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु लाई प्रदान गरिएको छ । उक्त सामाग्री प्रदान सहित पार्टीले स्वास्थ्य क्षेत्रमा कार्यरत अधिकारीहरु लाई लाई कोरोना पीडितको परिक्षण, उपचारका कार्यमा सर्वसाधारण संग समान व्यवहार गरियोस तथा कसैलाई काखा र कसैलाई पाखा नहोस भन्ने सुझाव पनि दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article