समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चुम्लुङव्दारा १ हजार केजी चामल हस्तान्तरण

धरानः लकडाउन पीडित विपन्न वर्गका लागि धरान उपमहानगरपालिका व्दारा जारी राहत वितरण कार्यक्रमका लागि किरात याक्थुङ चुम्लुङको तर्फ बाट १ हजार केजी चामल प्रदान गरिएको छ । मंगलवार धरान सभागृहमा संक्षिप्त कार्यक्रमका विच मेयर तिलक राई तथा उपमेयर मञ्जु भण्डारी लाई सहयोग स्वरुप चुम्लुङ पदाधिकारीहरुले उक्त चामल हस्तान्तरण गरेका हुन् ।

Advertisement

चुम्लुङ जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ सहित केन्द्रिय सचिव डा.योगेन्द्र पालुङवा, केन्द्रिय सदस्य संगीता सुब्बा, केन्द्रिय सल्लाहकार चन्द्रमाय लिम्बु, गजेन्द्र इस्वो, जिल्ला उपाध्यक्ष स्वर्णिमाहाङ लिम्बु, नगर अध्यक्ष पद्मा लिम्बु, सचिव जय सम्बाहाम्फे चामल हस्तान्तरण गर्न सभागृह पुगेका थिए ।

Advertisement

केन्द्रिय सचिव पालुङवाका अनुसार धरान स्थित चुम्लुङ केन्द्रिय पदाधिकारी, जिल्ला तथा नगर समिति तथा सल्लाहकारहरु बाट संकलित ५० हजार रुपया बाट खरिद गरिएको जेठी मन्सुली चामल सहयोग स्वारुप प्रदान गरिएको हो । उक्त अवसरमा मेयर राईले कोरोना भाइरसको महामारी रोकथामका लागि लडकडाउन अवधि थपिएकाले राहत कार्यक्रमका लागि उपमहानगरपालिका लाई थप सहयोगको आवश्यकता बढेको बताउँदै धरानका सबै समुदायगत संस्थाहरुको थप सहयोगको अपेक्षा राखिएको बताए ।

उपमहानगरपालिका व्दारा सञ्चालित एक व्दार राहत वितरण कार्यक्रमका लागि धरान स्थिति जातिय संस्थाहरु किरात राई यायोक्खा, आदिबासी जनजाति महासंघले खाद्यान्न सहयोग प्रदान गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article