स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेश २ मा दैनिक हजार नेपाली भारतबाट भित्रिँदै, सीमामै र्‍यापिड जाँच

भोला मुखिया(सप्तरी)। प्रदेश २ मा दैनिक एक हजारको हाराहारीमा नेपाली भारतबाट स्वदेश फर्किन थालेका छन् । भारतसँग सीमा जोडिएका विभिन्न आठ जिल्लाका नाकाबाट उनीहरू स्वदेश फर्किन थालेका हुन् ।

Advertisement

नेपालीलाई प्रवेश दिइए पनि भारतीयलाई भने रोक लगाइएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । डीआईजी सिंहले भने, “सबैको सीमामै र्‍यापिड जाँचलगायत परीक्षण हुन्छ । त्यसपछि अनिवार्य क्वारेन्टाइनमा राख्छौं । यसरी नेपालीलाई प्रवेश दिएका छौं ।”

Advertisement

यसअघि विभिन्न नाकाबाट लुकिछिपी आएकामा अहिले नाकामै व्यवस्थित रूपमा आउन दिएपछि सो क्रम रोकिएको उनले बताए । यसबाहेक प्रहरीले लकडाउनमा कडाइसमेत गरेको सिंह बताउँछन् । उनले भने, “सरकारले जारी गरेको निर्देशनको पालना, जनताको अत्यावश्यक समस्यामा समन्वय र शान्ति सुरक्षालगायतमा सक्रिय भएका लागेका छौं ।”

उपलब्ध स्रोत साधन र स्वास्थ्य सामग्रीको प्रयोग गरेर प्रहरी कार्यक्षेत्रमा खटिएको डीआईजी सिंहको भनाइ छ । कोरोना संक्रमितको संख्याका आधारमा प्रदेश २ उच्च जोखिममा देखिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article