हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मेचे शिवियारी आफात समाजको केन्द्रिय अधिवेशन सम्पन्न

मेचे  समुदायको हितको लागी गठन गरिएको मेचे शिवियारी आफात समाजको सम्पन्न अधिवेशनले हल्दिवारीका युवा नेता रन्जित मेचेको अध्यक्षतामा केन्द्रिय कमिटी निर्वाचित गरेको छ ।

Advertisement

नेपालको लोपोन्मुख जातिको रूपमा रहेका मेचे समुदाय हल्दिवारी ,मेची नगर ,कचनकवन ,बाह्रदसी ,कमल ,बिर्तामोड ,भद्रपुर नगर पालिकामा मात्रै रहेको पाइन्छ ।

Advertisement

हाल ५ हजार को हाराहारीमा रहेका यो समुदायको हितको लागी गठन गरिएको आफातले तिन वर्षीय कार्यकालको लागी १५ सदस्य केन्द्रिय कमिटी गरेको हो ।

नवनिर्वाचित केन्द्रिय कमिटी देहाय बमोजिम रहेको छ ।

अध्यक्ष : रन्जित मेचे ,वरिष्ठ उपाध्यक्ष :अग्निमाया मेचे ,उपाध्यक्ष : सन्तोष मेचे ,महासचिव : विरेन मेचे , सचीव : बिनोद मेचे , कोषाध्यक्ष : नरेन्द्र मेचे त्यस्तै सदस्यहरु प्रमिला राई मेचे , अन्जना मेचे , राजकुमार मेचे ,देवेनलाल मेचे ,मंगल मेचे ,अर्जुन मेचे , सावन मेचे ,कविता मेचे ,सुनिराम मेचे निर्वाचित भएको नवनिर्वाचित केन्द्रिय अध्यक्ष रन्जित मेचेले बताउनु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)