हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता : ” झुल्सिँदै भावनाहरु ” -दयानन्द गोस्वामी

 यो धरती अनी आकाशको पृष्ठ मा
मौन कीन छौ तिमी ऐ अधिष्ठाता ?

Advertisement

वैमनष्यताको चरमोत्कर्ष सीमाना
जहाँ सारा वातावरण नै स्तब्ध छ,

Advertisement

अग्नि रापको तप्तताले रापिए छ
झुल्सिँदै छन् स्नेहिल भावनाहरु,

संकुचित हुँदै गए सारा कारुण्यता
हराउँदै छन् मानवीय संवेदनाहरू,

लडखडाउँदै अघि बढन नसकेका
सीमान्त पथमा चालिएका कदमहरु,

चट्टानमा घिस्रिंँदै हिंँडदा पाइलाहरू
रक्ताम्य भएर द्रविभूत भएछ मन,

मैत्रीत्व बन्धुत्व सम्वन्ध मा धुमिल
तोडिँदै गए धैर्यता अनी सहनशील,

भडकी रहेछन् क्रोधका ज्वालाहरू
धडकीदै ढुक ढुक मुटुको धडकन,

जब अशान्त छ अन्तर आत्मा भित्र
म शान्तिको गवेषणा कहाँ बाट गरुँ,

कलुषित उत्कण्ठाहरू प्रस्फुटन हुँदा
धैर्यता नै हुन्छ सर्वोत्कृष्ट विशिष्टता,

यो धरती अनी आकाशको पृष्ठ मा
मौन किन छौ तिमी ऐ अधिष्ठाता ?

वैमनष्यता को चरमोत्कर्ष सीमाना
जहाँ सारा वातावरण नै स्तब्ध छ,

अग्नि रापको तप्तताले रापिए छ
झुल्सिँदै छन् स्नेहिल भावनाहरु ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)