समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

श्रमजीवी पत्रकारका समस्या समाधान नभए चरणबद्ध आन्दोलन

काठमाडौं । नेपाल पत्रकार महासंघले एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए चरणवद्ध आन्दोलन गर्ने भएको छ ।महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

महासंघ केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले पछिलो समय विभिन्न सञ्चारगृहहरुले कोभिड–१९को कारण देखाउँदै श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्काशन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फि ढंगले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजिनामा दिन दबाव दिने जस्ता कार्य जारी राखेकाविरुद्ध महासंघ सशक्त आन्दोलनमा जाने निर्णय गरेको छ ।

Advertisement

महासंघले एक सातासम्म सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकारविरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न र सोको जानकारी महासंघलाई गराउन आग्रह गरेको छ ।एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए महासंघ चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने स्पष्ट पार्न चाहेको समेत बताएको छ ।

श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासंघ सबै प्रदेश समिति, जिल्ला ताथ प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै संघ–संस्थामा हार्दिह आग्रह गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article