विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भवन निर्माणको लागि जग्गा र आर्थिक सहयोग

कमला भट्टराई- झापा/ किरात राई यायोक्ख प्रारम्भिक समिति धरान वडा १३ भवन निर्माणका लागि निशुल्क जग्गा उपलव्ध भएको छ भने भवन निर्माणका लागि आर्थिक सहयोग पनि संकलन हुनथालेको छ ।

Advertisement

भवन बनाउनका लागि दाता मदन राईले धरान–१३ गौरा मागमा १० धुर जग्गा निशुल्क प्रदान गर्ने निश्चित भएको छ । उक्त जग्गामा भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने क्रममा मंगलवार सञ्चारकर्मी दिल कुमार राईले १३ हजार रुपया प्रदान गरेका छन् ।

Advertisement

उनले बुबा कृष्ण बहादुर राई र आमा राजकुमारी राईको स्मृतिमा आर्थिक सहयोग गरेको बताए । उक्त सहयोग रकम यायोक्खा धरान–१३ प्रारम्भिक समितिका सचिव सत्य राई, कोषाध्यक्ष सुनिता राई लाई हस्तान्तरण गरिएको हो । उक्त अवसरमा स्थानिय समाजसेवी धनबहादुर राई कुमार राई लगायत उपस्थितमा थिए ।

पत्रकार बसन्त बान्तवाले स्थानिय भवन निर्माणका लागि मदन राईले जग्गा प्रदान गर्ने निश्चित भएको जानकारी दिए । उनका अनुसार दाता राईबाट कम्तीमा १० धुर त्यो भन्दा बढि पनि प्राप्त गर्न सकिने बताए । उक्त अवसरमा जग्गादाता मदन राईले धरान १३ गौरा मार्गमा भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article