स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, संख्या २० पुग्यो

काठमाडौं , नेपालमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिला रहेकी छन् ।

Advertisement

यससँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।उनको सोमबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो। वडाध्यक्ष भद्रबहादुर बस्नेतका अनुसार उनको मृत्यु हुनुअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार बेलुका पोजेटिभ आएको हो ।

Advertisement

उनी दीर्घ रोगी भएको जनाइएको छ । उनको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article