स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा ५८६ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या ७१७७

काेराेना

काठमाडौ, ३ असार । नेपालमा ५८६ कोरोना संक्रमित थपिए । योसँगै कुल संक्रमित संख्या ७ हजार एक सय ७७ पुगेको छ । यो अहिलेसम्मकै एकै दिन उच्च वृद्धि संख्या हो ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्या बारे जानकारी दिएका हुन् । उनले दैनिक संक्रमित संख्या वृद्धि भइरहेकाले सचेत हुन भनेका छन् ।यसअघि हिजो कुल संक्रमित संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।हालसम्म ७३ जिल्लामा संक्रमित पत्ता लागेका छन् ।

Advertisement

निको भएका संक्रमितको संख्या एक हजार नाघेको छ ।हालसम्म कोरोनाबाट मुत्यु हुनेको संख्या २० जना पुगेको छ । जसमध्ये १६ पुरुष र ४ महिला छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article