हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्वेदशकै फलफूल र तरकारीलाई प्राथमिकता दिएका छौँः मन्त्री भट्ट

रासस ,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई नै बजारमा ल्याउन प्राथमिकता दिएको बताएका छन् ।

Advertisement

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले विचौलियाले काम नगर्दा किसानका तरकारी र फलफूलले बजार नपाए पनि अहिले बजारसम्म ल्याउनका लागि राम्रो व्यवस्थापन गरेको जानकारी दिए ।

Advertisement

मन्त्री भट्टले विदेशबाट आयात गर्ने तरकारी फलफूल पनि परीक्षण गरेर मात्र आउने उल्लेख गर्दै स्वेदशमै उत्पादन भएको तरकारी तथा फलफूललाई पनि खाद्य तथा गुण नियन्त्रण विभागले परीक्षण गरेर मात्र उपभोक्ता माझ जाने गरेको बताए ।

मन्त्री भट्टले कोरोना भाइरस जोखिमको अवस्थामा छ महिनासम्म पुग्ने खाद्यान्न रहेको र खाद्य पदार्थको अभाव हुन नदिन कृषि उत्पादनलाई बढी जोड दिएको बताउँदै कतिपय खाद्य पदार्थ विदेशबाट नल्याउँदा नपुग्ने हुनाले ल्याउनैपर्ने बाध्यता भएको स्पष्ट पारे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)