हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधानमन्त्रीओलीको निजी चिकित्सक प्राडा शाह त्रिवि आइओएमको डीनमा नियुक्त

काठमाडौँ , त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान(आईओएम)को डीनमा प्राडा दिव्या सिंह शाह नियुक्त भएकी छिन् ।

Advertisement

आज बसेको त्रिवि कार्यकारी परिषदको बैठकले उनलाई त्रिवि आइओएमको डीनमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले सिफारिस गरेको तीन जनाको नाम मध्ये डीनमा प्राडा दिव्या सिंह शाहलाई नियुक्त गरेको हो ।

Advertisement

 आइओएमको डीनमा नियुक्त भएकी प्राडा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक पनि हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)