समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा कुबेतबाट फर्किएका २ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ४ पुग्यो

हल्दिवारी  । हल्दिवारी गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका थप २ जनामा कोरोना संक्रमण पुस्टी भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनु भएको छ । कुबेतबाट उद्दारगरी ल्याइएका हल्दिवारीका ५ महिला मध्ये २ जनालाई कोरोना संक्रमण देखिएको हो ।

Advertisement

उनिहरु जेठ २९ गते नेपाल फर्किएका र ३१ गतेदेखि हल्दिवारी गाउँपालिकाले संचालन गरेको वडा नम्बर २ को क्वारेन्टाइनमा बस्दै आएको प्रमुख निरौलाले बताउनु भयो । स्वास्थ्य शाखाले संक्रमीत महिला सहित ३८ जनाको स्वाब संकलन गरि परिक्षणको लागि बिराटनगर २ गते पठाएको थियोे ।

Advertisement

आज संक्रमीत वैदेशिक रोजगार बाट फर्किएका २ महिला सहित कोरोना भाइरस संक्रमितको संख्या ४ पुगेको छ । स्वास्थ्य शाखाका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरुलाई सुरक्षित ठाउँमा लैजान समन्वय भइ रहेकोे जनाएको छ। यश अगाडि भारतबाट आएकस २ युवालाई कोरोना संक्रमण देखिएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article