स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

काङ्ग्रेसका प्रवक्ता शर्मा स्वास्थ्य सामाग्री लिएर, गृह जिला झापाका स्थानीय तहमा

झापा l  नेपाली काङ्ग्रेसका प्रवक्ता विस्वप्रकास शर्मा स्वास्थ्य सामाग्री लिएर गृह जिला झापाका सबै स्थानीय तहमा पुगिरहेका छ्न ।

Advertisement

मेची अभियानले संचालन गरेको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न आज प्रवक्ता शर्मा अभियानका संयोजक उमेस डालमिया तथा सन्चारकर्मीहरु सहित हल्दिवारी गाउँपालिकामा पुगेका हुन ।

Advertisement

हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन ,उपाध्यक्ष डम्बरबहादुर गिरिलाई मेची अभियानका तर्फबाट प्रवक्ता शर्मा र संयोजक डालमियाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको गाउँपालिका सूचना अधिकारी राजन न्यौपानेले बताउनु भयो ।

मेची अभियानले हल्दिवारी गाउँपालिकालाई कोरोना संक्रमणबाट जोगाउन प्रयोग गरिने मेडिकल माक्स १ सय मिस , स्वास्थ्य कर्मिलाई अति आवश्यक पिइपी सेट ५ थान , सेनिटाइज एक काटुन ( १२ पिस ) तथा भिटिएम कीट ५० थान सहयोग गरेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article