विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गाउँपालिकासंग समन्वय र सहकार्य गरेर अघि बढ्ने हल्दीबारीका वन समुहहरुको प्रतिवद्धता :

हल्दीबारी गाउँपालिका क्षेत्रका सामुदायिक वन उपभोक्ता समुहहरुले आगामी दिनमा प्रचलित कानुन वमोजिम गाउँपालिकासंग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Advertisement

हल्दीबारी गाउँपालिकाले आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम तर्जुमाका लागि सामुदायिक वन उपभोक्ता समुहहरुसंग असार ०४ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी समुहका प्रमुख तथा प्रतिनिधिहरुले गाउँपालिकाको नीति तथा कार्यक्रम वमोजिम आफ्नो समुहको साधारणसभाबाट बार्षिक वजेट, नीति तथा कार्यक्रम पारित गर्ने प्रतिवद्धता व्यक्त गरेको गाउँपालिकाका उपाध्यक्ष डम्बर वहादुर गिरीले जानकारी दिए ।छलफलमा जलथल जंगल र आवादी सीमानाको पर्यटकीय सडक तथा पुलकल्भर्ट निर्माण, वनक्षेत्रमा सि.सि. क्यामेरा जडान, वनमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विस्तार, वनपैदावार सम्बन्धि उधोगधन्दा संचालन गरि रोजगारी सृजना गर्ने गाउँपालिकाको योजना रहेको हुदा समन्वय र सहकार्य गरेर अगाडि बढ्न वन समुहहरुलाई आग्रह गरेकाे उपाध्यक्ष गिरीले बताए ।
सामुदायिक वन उपभोक्ता समुहहरुले नितिगत रुपमा गरिबी न्युनीकरण, वन विकास, पुर्वाधार विकास, महिला सशक्तीकरण लगायतका क्षेत्रमा खर्च गर्नुपर्ने रकम गाउँपालिका र सामुदायिक वन उपभोक्ता समुहहरु बिच समन्वय गरेर संचालन गर्ने सहमति भएको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रवक्ता सागर पोर्तेलले सहजिकरण गरेका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article