समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापामा दलित समुदाय आन्दोलित

झापा/बिहीबार झापा गापा कमारटोली स्थित सामुदायिक भवनमा गापा स्तरिय दलित भेला सम्पन्न भयो।उक्त भेलाको अध्यक्षता गापा कार्यसमिति सदस्यश् टिका बि क ले गरेको र संचालन केदार बि क र स्वागत मन्त्तब्य सपना बि क ले गरेका थिए ।अतिथिको रुपमा जनजाती अभियन्ता सन्तोष कुमार गणेशले दलित माथी हुने दमनको विरुद्ध सबै एकजुट हुनुपर्ने एकल जातिय वर्तमान राज्य सत्तालाई बहुजातीय बनाउनुपर्नेमा जोड दिएका थिए । श्री गणेशले अगाडि भने यो जातिय राज्य सत्ता रहेसम्म दलित जनजाती मधेसी महिला माथी हुने बिभेद कहिल्यै न हटने भन्दै समतामूलक समाज बनाउन दलित जनजाती मधेसी एक भएर अघि बढनुपर्ने भने।अतिथिका रुपमा दलित समन्वय समिति धनकुटाका पूर्व उपाध्यक्ष हरि दियालिले रुकुम र धनुषामा दलितमाथि भएको दमनको घोर बिरोध गर्दै र्दोषीलाई कडा कार्यवाहिको माग गर्नुभयो।बिशिष्ठ अतिथिको रुपमा दलित अभियान्ता टांक बि क ले अब सम्पुर्ण दलित जनजाती मधेसी एक भएर बढने बेला आएको बताउदै सम्बिधान कानुनमा जे लेखिए पनि दलितमाथि अहिले पनि छुवाछूत भेदभाव कायम रहेको छ भने ।प्रमुख अतिथिको रुपमा दलित एकता संजाल झापा जिल्ला सचिब सुनिल बराईलिले दलितमाथि हुने दमन शोषण अत्याचार विरुद्ध संघर्ष गापा स्तरमा समिति बनाउन पर्ने प्रस्ताव प्रस्तुत गरेका थिए र भने दलितमाथि हुने थिचोमिचो विरुद्ध सबै दलितहरु ़पार्टी भन्दा माथी उठेर काम गर्ने बेला आएको छ।रुकुम र धनुषाका दलितमाथि अत्याचार गर्ने अपराधी उपर कडा भन्दा कार्यवाहिको माग गरेका छन ।सभा अध्यक्ष टिका बि क ले सबै अतिथी उपस्तिथ दलित अभियन्ताहरुलाई हार्दिक धन्यवाद दिदै गापा सबै दलितहरु एकजुट हुनुपर्ने भन्दै सभा बिषर्जन गरेका थिए ।उक्त भेलामा बुद्दिजिवी सुक्र प्रसाद गणेश रिता बर्देवा प्रताप सिंह बि क लगायत उपस्थित थिए। भेलाले टीका बि क को सयोजकत्वमा ३२ सदस्य दलित राजनीति संघर्ष समिति झापा गापा सर्व सहमतिमा गठन भएको छ।सन्तोषकुमार

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article