हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल : कृष्ण पोखरेल@

कृष्ण

मानो रोपी मुरी फल्ने बेला आयो साथी
कृषकलाई खेतबारी खुशी छायो साथी।

Advertisement

मकै भाच्ने दाल टिप्ने ब्याड राख्ने बेला
धेरै फल्ने उन्नत जात बिउ ल्यायो साथी।

Advertisement

आषाढ पन्ध्र छुपु छुपु धान रोपाई चल्दा
बेठी लगाई आषाढे गीत नाची गायो साथी।

घिउ चाम्रे गुन्द्रुक बनाई खाजा ल्याको बेला
बिर्सीएर दु:ख पिढा मिठो खायो साथी।

छर छिमेक वर पर अर्म पर्म गर्दै जादा
सबैतिर रोपाई सकी फुर्सुद पायो साथी।

कृषकलाई खेतवारी खुशी छायो साथी
मानो रोपी मुरी फल्ने बेला आयो साथी।

कृष्ण जी
बिर्तामोड -१०

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)