समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दीबारी गाउँपालिकाको सर्वाङ्गिण विकासका लागि सबै राजनीतिक दलहरु एकजुट हुने :

हल्दीबारी गाउँपालिकाको आगामी आ.व. २०७७/७८ को बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि सुझाव संकलन गर्न गाउँपालिका क्षेत्रमा क्रियाशील राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरुसंग असार-६ गते अन्तर्क्रियात्मक छलफल सम्पन्न भएको छ । छलफलमा सहभागी विभिन्न राजनैतिक पार्टीका स्थानीय नेताहरुले हल्दीबारी गाउँपालिकाको सर्वाङ्गिण विकासका लागि सबै राजनैतिक पार्टीहरु एक भएर लाग्नु पर्ने धारणा राखेको गाउँपालिकाका उपाध्यक्ष डम्वर गिरीले जानकारी दिए ।

Advertisement

असार-१० गते गाउँ सभामा पेश हुने आ.व.२०७७/७८ को बजेट नीति तथा कार्यक्रम तयारीका लागि स्थानीय स्तरमा रहेका सामुदायिक वन उपभोक्ता समूह, सहकारी, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति लगायत विभिन्न संघसंस्थाहरुसंग यश अघि नै छलफल गरि सुझाव संकलन गरिसकिएको र अन्त्यमा सबै राजनैतिक पार्टीहरुसंग छलफल गरि सुझाव लिइएको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

Advertisement

असार -५ गते गाउँपालिका क्षेत्रमा क्रियाशील सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गरी एक सहकारी, एक उत्पादनको नीति अवलम्बन गर्दै गाउँपालिका र सहकारी संस्थाहरु बीच एक आपसमा समन्वय र सहकार्य गर्दै अघि बढ्ने निर्णय गरिएको प्रवक्ता पोर्तेलले बताए ।

गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा आयोजना गरिएको राजनैनिक दलहरुसंगको छलफल कार्यक्रममा नेकपा हल्दीबारीका इन्चार्ज धर्मराज शिवाकोटी, अध्यक्ष याम राई, सचिव हरी गौतम, नेपाली काँग्रेसका सभापति दिलिप मावो, उपसभापति निराजन दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय सदस्य सुरेेन्द्र बाह्रकोटी, युवा संगठनका क्षेत्रीय अध्यक्ष सन्तु थापामगर लगायतका स्थानीय नेताहरुको सहभागिता रहेको थियोे ।

छलफलमा उपाध्यक्ष गिरी र अध्यक्ष लिङ्देनले गाउँपालिकाले संचालन गरिरहेको समग्र गतिविधिको बारेमा जानकारी गराउंदै आगामी योजना र कार्यक्रमहरुको बारेमा गाउँपालिकाको धारणा राखेका थिए । छलफलको सहजिकरण गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article