समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा थप नयाँ २ जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या ६ पुग्यो

हल्दिवारी – ९ असार । हल्दिवारी गाउँपालिकामा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको गाउँ स्वास्थ्य शाखाले पुष्टि गरेको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार वैदेशिक रोजगार ( कुबेत ) बाट फर्किएका दुई महिला लाई कोरोना संक्रमण देखिएको हो ।

Advertisement

उनिहरुलाई कुबेतबाट उद्दारगरी यहि असार ४ गते काठमाडौ ल्याइएको थियोे भने असार ५ गतेदेखि हल्दिवारी गाउँपालिका २ मा रहेको क्वारेन्टाइनमा बस्दै आएको स्वास्थ्य प्रमुख निरौलाले बताउनु भयो । योसगै हल्दिवारीमा कोरोना संक्रमण हुनेको संख्या ६ पुगेको छ।

Advertisement

यश अगाडि पनि २ जना कुबेतबाट फर्किएका २ जना महिला तथा भारत बाट फर्किएका २ जना पुरुषमा संक्रमण देखिएको थियोे । संक्रमीत २ नयाँ महिला सहित ६ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ भने नयाँ संक्रमीत महिलालाई धरान थप उपचारको लागि लैजान लागिएको स्वास्थ्य शाखाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article