समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

दैलेखमा आत्महत्या गरेका युवकमा कोरोना पोजिटिभ

काठमाडौं, ११ असार ।असार ९ गते बेलुका झुण्डिएको अवस्थामा मृत फेला परेको दैलेखका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । जिल्लाको दुल्लु नगरपालिका–१० गमौडीका २१ वर्षीय युवकमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । ती युवक गत जेठ ११ गते भारतको अहमदवाजबाट गाउँ आइपुगेको थिए । भारतबाट फर्किएका ती युवक पञ्चकोशी मावी गमौडीमा स्थित क्वारेन्टाइनमा बसेका थिए ।

Advertisement

क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडीटी विधिबाट गरिएको परीक्षणमा नेगेटिभ आएपछि जेठ २५ गते घर पठाइएको थियो । क्वारेन्टाइनबाट फर्किएको १६ दिनपछि झुण्डिएको अवस्थामा युवकको शव फेला परेको थियो । आत्महत्या गरेका ती युवकको शव पोस्टमार्टमका लागि असार १० गते दुल्लु अस्पताल लगिएको थियो । सोहि दिन उनको पोस्टमार्टम गरिनुका साथै कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन गरी कर्णाली प्रदेश अस्पताल स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

Advertisement

प्रगोशालामा गरिएको परीक्षणमा आत्महत्या गरेका ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मी नारायण तिवारीले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article