समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

खोला तर्ने क्रममा बगाउँदा युवतीको मृत्यु, शव खोलाको बीच ढुंगामा फेला

दैलेख – खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृत्यु भएको छ । नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

Advertisement

वडा नजीकै रहेको सामेखोला तर्ने क्रममा बगाएर उहाँको मृत्यु भएको हो । लगातार वर्षात्सँगै खहरे ठूलो भएर आएको र तर्ने क्रममा बगाएपछि शवसमेत निकाल्न नसकिएको प्रहरीले जानकारी दिएको छ । शव खोलाको बीच ढुंगामा अड्किएको बताइएको छ ।रासस

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article